काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनाको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज पनि प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन्।

सरकारले उक्त प्रकरणमा पूर्व मुख्यसचिव शंकरदास बैरागीको अध्यक्षतामा छानबिन समिति गठन गरे पनि रास्वपाले त्यसलाई अस्वीकार गर्दै आएको छ।

advertisement

रास्वपाले समिति प्रभावकारी नहुने भन्दै स्वतन्त्र र निष्पक्ष छानबिनको माग गरिरहेको छ। साथै, संघीय निजामती सेवा विधेयक पारित गर्ने क्रममा देखिएको प्रक्रियागत त्रुटि र अव्यवस्थाबारे पनि छानबिन हुनुपर्ने रास्वपाको माग छ।

संसद्मा निरन्तर अवरोध गर्दै आएका यी दुई दलले दोषीमाथि कारबाही र जनउत्तरदायी राजनीति सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराइरहेका छन्।

प्रकाशित मिति: २४ असार २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com