काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले हालै सम्पन्न स्पेन भ्रमणमा सहभागी भएकामध्ये को स्वदेश नफर्किएको हो भनेर स्पष्ट नाम सार्वजनिक गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमलाई आग्रह गरेको छ।

सांसद गौतमले मंगलबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री सहभागी स्पेनको अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुने बहानामा गएकाहरू फर्किएनन् भन्ने समाचार आएको उल्लेख गर्दै संसदमा प्रश्न उठाएकी थिइन्।

advertisement

“स्वयं प्रधानमन्त्री जानुभएको कार्यक्रममा समेत केही सहभागी नफर्किएको खबर सार्वजनिक भएको छ,” गौतमले भनकी थिइन्।

उनको उक्त भनाइप्रति प्रतिक्रिया दिँदै प्रधानमन्त्री सचिवालयले भन्यो, “प्रधानमन्त्रीज्यूको टोलीमा को को थिए र तीमध्ये को नफर्किए, त्यसको नाम स्पष्ट रूपमा सांसद गौतमले खुलाउनुपर्छ।”

सांसद गौतमले भने संसदमा बोल्दा को व्यक्ति नफर्किएको भन्ने विषयमा नाम भने उल्लेख गरेकी थिइनन्।

गौतमको अभिव्यक्तिपछि प्रधानमन्त्री सचिवालयले जवाफ मागेको यो पहिलो औपचारिक प्रतिक्रिया हो। सचिवालयको भनाइ छ— यदि यस्ता गम्भीर दाबी गरिन्छ भने त्यसको आधार, तथ्य र नामसहित सार्वजनिक गर्नुपर्ने हुन्छ।

प्रकाशित मिति: २४ असार २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com