काठमाडौं । हालैको भीषण बाढीले ठूलो क्षति पुर्याएको रसुवा जिल्लाको स्थलगत निरीक्षण गर्न प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार अपराह्न रसुवा प्रस्थान गर्ने तयारीमा छन्।
रसुवागढी भन्सार क्षेत्र आसपास बाढीले पारेको प्रभावको अवलोकन गर्न प्रधानमन्त्री ओली गृहमन्त्री रमेश लेखकसहित त्यसतर्फ जान लागेका हुन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार ओली बाढीपछिको अवस्थाबारे प्रत्यक्ष जानकारी लिन र आवश्यक सरकारी प्रतिक्रिया सुनिश्चित गर्न रसुवा भ्रमण गर्न लागेका जानकारी दिए।
रसुवामा हालैको बाढीले भौतिक संरचना, व्यापारिक गतिविधि र जनजीवनमा गम्भीर असर पुर्याएको छ। प्रधानमन्त्रीको भ्रमणलाई उद्धार, राहत र पुनःनिर्माणका पहलमा उच्चस्तरीय संलग्नता हुने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: २४ असार २०८२, मंगलबार












प्रतिक्रिया