काठमाडौं । प्रधानमन्त्रीको स्पेन भ्रमणमा सहभागी केही नफर्किएको भन्ने समाचारप्रति प्रधानमन्त्रीको सचिवालयले आपत्ति जनाएको छ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले १४–२० असारमा प्रधानमन्त्रीसहितको टोलीको स्पेन भ्रमणपछि केही सदस्य नफर्किएको भन्ने समाचार गम्भीर भएको भन्दै संसद्मा विषय उठाएकी थिइन्।

advertisement

तर, प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईंले उक्त दाबीलाई असत्य र निराधार बताउँदै भ्रमणमा सहभागीको नामसहितको प्रमाणित सूची सार्वजनिक गरेका छन्।

“प्रधानमन्त्रीसँग स्पेन भ्रमणमा गएकाहरूको सूची मैले पठाइसकेको छु। माननीय गौतमलाई देखाएर सोध्नुस्— सूचीमा को नफर्किएको हो?” बजगाईंले भने।

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्त’ (Financing for Development) विषयक चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन स्पेन गएका थिए। भ्रमण टोली २० असारमा स्वदेश फर्किएको प्रधानमन्त्रीको सचिवालयले स्पष्ट पारेको छ।

प्रकाशित मिति: २४ असार २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com