रसुवा । छिमेकी राष्ट्र चीनतर्फ परेको अबिरल वर्षापछि भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवाको टिमुरे क्षेत्रमा व्यापक क्षति पुर्याएको छ।
बाढीमा फसेका ५५ जनाको सफल उद्धार गरिएको छ। प्रहरीले दिएको जानकारी अनुसार उद्धार गरिएका व्यक्तिमध्ये ४ जना महिला र ५१ जना पुरुष छन्।
तर, बाढीले अझै १८ जनालाई बेपत्ता बनाएको छ। खोज तथा उद्धार कार्य जारी रहेको जनाइएको छ।
यसैगरी, बाढीका कारण टिमुरे क्षेत्रमा पार्किङ गरिएको १०० भन्दा बढी सवारी साधन नदीले बगाएको छ।
स्थानीय प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धार तथा सुरक्षामा खटिएको छ। बाढीले सडक सञ्जाल, भन्सार क्षेत्र र अन्य पूर्वाधारमा समेत गम्भीर क्षति पुर्याएको प्रारम्भिक विवरण आएको छ।
प्रकाशित मिति: २४ असार २०८२, मंगलबार












प्रतिक्रिया