काठमाडौं । नेपालमा गैरकानुनी रूपमा क्रिप्टो करेन्सी तथा हुन्डी कारोबारमा संलग्न दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ललितपुरको सानेपाबाट १ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको अवैध डिजिटल मुद्रा कारोबार गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

advertisement

सीआईबीका अनुसार ललितपुर महानगरपालिका–२, सानेपास्थित कालोपुल क्षेत्रको राजतिर्थ ट्रेडर्स नामक किराना पसलको आवरणमा अवैध हुण्डी तथा क्रिप्टो करेन्सी कारोबार भइरहेको सूचनाका आधारमा छापा मारिएको थियो।

पक्राउ परेकामा भारत बिहार राज्यको मोतिहारी निवासी ४३ वर्षीय रुपेश कुमार गुप्ता र पूर्वी चम्पारण, बिजबानी निवासी २२ वर्षीय बिपिन कुमार छन्।

प्रहरीले उनीहरूको साथबाट ८ लाख २० हजार नेपाली रुपैयाँ, १० हजार भारतीय रुपैयाँ, एकथान सीसीटीभी डिभिआर तथा संरक्षित वन्यजन्तु कस्तुरीको अङ्गप्रतीत चिनिने वस्तु पनि बरामद गरेको छ।

सीआईबी प्रवक्ता प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार उनीहरूविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ र थप अनुसन्धान जारी छ।

प्रकाशित मिति: २४ असार २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com