काठमाडौं । चितवन महानगरपालिकाका प्रमुख रेणु दाहालले आफूविरुद्ध अफवाह फैलाएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयलाई चुनौती दिएकी छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले आफू र आफ्ना गतिविधिबारे तथ्यहीन सूचना सार्वजनिक गरिएकोप्रति गम्भीर आपत्ति जनाएकी हुन्।

advertisement

“मेयरको सचिवालयबाट आधिकारिक रूपमा अफवाह फैलाइएको हो भने त्यसको प्रमाण पेश गर्न प्रधानमन्त्री सचिवालयलाई चुनौती दिन चाहन्छु,” रेणु दाहालले फेसबुकमा लेखेकी छन्।

उनले समाचार सम्प्रेषणमा जिम्मेवारी र सत्यतथ्यको आधार आवश्यक हुने उल्लेख गर्दै, तथ्य नबुझी मनगढन्ते आरोप लगाउनु गैरजिम्मेवार व्यवहार भएको बताएकी छन्।

“बरु प्रधानमन्त्रीको सचिवालयले यथार्थ बुझेर मात्रै कुनै समाचार सम्प्रेषण गरोस् भन्ने अनुरोध छ,” दाहालले भनेकी छन्, “व्यक्ति विशेषका भनाइलाई लिएर सचिवालयसँग अनावश्यक रूपमा जोड्नु अनुचित हो। प्रत्येक व्यक्तिले आफ्ना भनाइप्रति आफैं जिम्मेवार हुनुपर्छ।”

उनले यस्ता व्यवहारले भ्रम सिर्जना हुने भन्दै भविष्यमा संयम र सावधानी अपनाउन आग्रह गरेकी छन्।

प्रकाशित मिति: २४ असार २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com