काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले पार्टी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीलाई स्पष्टीकरण बुझाउन सात दिनको समय प्रदान गरेको छ । मंगलबार बसेको पार्टी सचिवालयको बैठकले झाँक्रीलाई सात दिनेको समय दिने र चित्तबुझ्दो जवाफ नआएमा कारबाही गर्ने निर्णय गरेको हो ।

झाँक्रीले पार्टी अध्यक्ष माधव कुमार नेपाल पतञ्जली योग पीठको जग्गा प्रकरणमा मुछिएको सन्दर्भमा दिएको अभिव्यक्ति विवादमा परेको छ । झाँक्रीले पार्टीको युवा संगठनको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपाललाई मरेको सिनोको संज्ञा दिएकी थिईन् । उनले मरेको सिनो बोकेर हिँड्न नसकिने बताउँदै अर्ली महाधिवेशनको माग गरेकी थिईन् ।

advertisement

प्रकाशित मिति: २५ असार २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com