काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जडान गरिने फ्लडलाइटका लागि पहिलो चरणमा ३ वटा टावरहरू आइपुगेका छन् ।

भारतबाट ल्याइएका टावरहरू मध्यरातदेखि विहानको कुनै समयमा काठमाडौं आइपुगेको फ्लडलाइट जडान कम्पनीका प्रोजेक्ट म्यानेजर सौरभ साहले जानकारी दिएका हुन् । हाल उक्त टावरहरू त्रिवि क्रिकेट मैदानको बाहिरपट्टि राखिएका छन् ।

advertisement

उनका अनुसार हाल पहिलो लटमा ३ वटा टावर आइपुगेका हुन् । अब अर्को लटमा थप ३ वटा टावर आइपुग्ने छन् । टावरमा राखिने लाइट भने यूरोपियन देशबाट आउनेछ । लाइट आउन अझै ३ देखि ४ हप्तासम्म समय लाग्ने बताइएको छ ।

‘अब त्यो ठ्याक्कै कुन देशबाट आउने भन्ने पक्का भइसकेको छैन, त्यहाँ धेरै प्राविधिक विषयहरू पनि जोडिएको हुन्छ, चेकिङ हरू हुन्छ, त्यसपछि आउने हो’ साहले भनेका छन् ।

हाल फ्लडलाइट जडान गरिने बेसको सबै काम सकिएको बताइएको छ । प्यारापिटतर्फ भने हाल सिट जडान कार्य भइरहेको छ ।

 

प्रकाशित मिति: २५ असार २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com