काठमाडौं ।  सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा बुटवल सडकखण्ड पहिरोले अवरुद्ध भएको छ।

तिनाउ गाउँपालिका-५ जोरधारामा बुधबार बिहान माथिबाट पहिरो खसेर राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए। करिब एक घण्टा अघि पहिरो खसेको हो। पहिरो पन्छाउने काममा लागिरहे पनि पानी परिरहेकाले राजमार्ग कति वेला खुल्छ भन्ने यकिन नरहेकोमल्लले बताए।

advertisement

पोखराबाट बुटवल र बुटवलबाट पोखरा, गुल्मी, बागलुङ जाने सवारी साधन बिच बाटोमा रोकिएका छन्। टाढा टाढा हिंडेका सयौँ यात्रु अलपत्र परेका छन्।

यसअघि तिनाउ गाउँपालिका-३ सिद्धबाबा क्षेत्रमा पहिरो खसेर बिहानै देखि राजमार्ग अवरुद्ध भएको थियो। यहाँ सडक एकतर्फी खुलेको छ।

यसैबीच पाल्पा-गुल्मी सडक पनि अवरुद्ध भएको छ। रिब्दीकोट गाउँपालिका(३ देउरालीस्थित मालमूलमा पहिरोले सडक अवरुद्ध भएको हो। यहाँ पनि पहिरो पन्छाउने काम भइरहेको प्रनाउ मल्लले बताए।

गुल्मी जाने सवारी साधन अर्गलीबाट रानीमहल हुँदै तानसेन आउने गरेका छन्।

 

प्रकाशित मिति: २५ असार २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com