काठमाडौं ।  नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसद् भवनमा ड्रोन खसेको विषयमा प्रतिनिधि सभाको बैठकमार्फत गम्भीर प्रश्न उठाएका छन्।

सोमबारको बैठकमा बोल्दै उनले असार २३ गते बेलुकी ९ बजेदेखि साढे ९ बजेसम्म संसद भवनको बायाँतर्फ ठूलो ड्रोन खसेको खबर आएको जनाए। उनले प्रश्न उठाउँदै भने, “कहाँबाट आएको ? के उद्देश्यले आएको ? संसद्मै आएर खस्दा समेत संसदले थाहा पायो कि पाएन ?”

advertisement

खतिवडाले वर्तमान विश्व सन्दर्भमा आतङ्कवादी गतिविधि बढिरहेको अवस्थामा संसद जस्तो संवेदनशील ठाउँमा यस्ता घटनालाई हल्काफुल्का रुपमा नलिन आग्रह गरे। “ड्रोनबाट के भएको हो ? संसदलाई स्पष्ट जानकारी गराइयोस्,” उनले माग गरे।

उक्त घटनाबारे अहिलेसम्म आधिकारिक निकायबाट कुनै विवरण सार्वजनिक गरिएको छैन।

प्रकाशित मिति: २५ असार २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com