काठमाडौँ । बाँकेको राप्तीसोनारी गाउँपालिका–५ गोरधुई स्थित राप्ती नदीमा फसेका तीन जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

गाईबस्तु चराउन गएका उनीहरू राप्ती नदीमा बुधबार एक्कासि आएको बाढीको कारण बिच टापुमा फसेका थिए । सो बारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं ४२ रिजर्भ शंम्शेरगंज बाँकेबाट  खटिएको गोताखोरसहितको सुरक्षा फौजले उनीहरूको सकुशल उद्धार गरेको हो ।

advertisement

उद्धार गरिएकाहरूमा सोही गाउँपालिका–५ बस्ने ५२ वर्षीय मानसिंह धामी, ६९ वर्षीय लीलबहादुर खत्री र ५० वर्षीय ससु वली छन् । उनीहरूको अवस्था भने सामान्य रहेको सहप्रबक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

प्रकाशित मिति: २६ असार २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com