काठमाडौं । अमेरिकाले गैरकानुनी रूपमा बसोबास गर्दै आएका थप दुई नेपाली नागरिकलाई देशनिकाला गरेको छ। अमेरिकी अध्यागमन विभागले उनीहरूलाई फिर्ता पठाउने निर्णयसँगै दुबै जनालाई नेपाल पठाइएको हो।
निष्कासनमा परेकामध्ये रेशमबहादुर केसीलाई असार २१ गते र गविन्दराज वलीलाई हालै बुधबार काठमाडौं ल्याइएको हो। दुबै जनालाई कतार एयरलाइन्सको नियमित उडानमार्फत नेपाल पठाइएको स्रोतले जनाएको छ।
यसअघि पनि अमेरिकाले यस्तै कारणले केही नेपालीहरूलाई निष्कासन गरिसकेको छ। अघिल्लो सातामात्रै तीन जना नेपाली अमेरिका निकाला भएका थिए।
अमेरिकी प्रशासनले आप्रवासन नीतिमा कडाइ गरेपछि गैरकानुनी रूपमा बसोबास गर्ने नेपालीहरू निरन्तर निष्कासनमा पर्नेक्रम जारी छ। विगतमा केही नेपालीलाई चार्टर्ड विमानमार्फत पनि फिर्ता पठाइएको थियो।
यद्यपि निष्कासनको यो लहर अझै केही समय कायम रहने संकेत देखिएको छ, जसले गैरकानुनी रूपमा अमेरिका बस्दै आएका नेपालीहरूको अवस्था थप अन्योलमा पारेको छ।
प्रकाशित मिति: २६ असार २०८२, बिहिबार













प्रतिक्रिया