काठमाडौं ।  नेकपा एमालेका नेता महेश बस्नेतले अमेरिकामा शरणार्थी बनेर बसोबास गर्ने व्यक्तिलाई दलको सभापति बनाइएको भन्दै तीव्र आलोचना गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत बस्नेतले वैकल्पिक शक्ति दाबी गर्ने नेताहरूमाथि कटाक्ष गरेका हुन्।

“नेपाली नागरिकता त्यागेर शरणार्थी बनेर अमेरिका पलायन हुने कलाकार नेताले वैकल्पिक शक्ति भन्नु देशको विडम्बना!” उनले लेखेका छन्।

advertisement

बस्नेतको दाबी अनुसार ती नेता सुरुमा भिजिट भिसामा अमेरिका पुगेका थिए, पछि शरणार्थी बनेर त्यहीँको नागरिकता लिए र अहिले नेपालमा फर्किएर दलको नेतृत्व गरिरहेका छन्।

उनले थप आरोप लगाउँदै भनेका छन्, “यहाँ आएर सहकारी ठग्ने, टेलिभिजन च्यानल खोल्ने, व्यापारीलाई ब्ल्याकमेल गर्ने, कमाउ धन्दा चलाउने, त्यसैबाट राजनीति गर्ने अनि अन्ततः उपप्रधानमन्त्री र गृहमन्त्री बन्ने योजनामा छन्।”

बस्नेतले यस्ता नेताहरूले सामाजिक सञ्जालको दुरुपयोग गरेर जनता बीच भ्रम फैलाउने, स्टन्टबाजी गर्ने काम गरिरहेको आरोप लगाएका छन्। “यी वैकल्पिक शक्ति होइनन्, जोगीका मुकुण्डा लगाएर भोट माग्न आएका ठग हुन्,” उनले भनेका छन्।

उनले यस्ता व्यक्तिहरूका गतिविधिहरूको पर्दाफास गर्नु आवश्यक रहेको उल्लेख गर्दै जनतालाई उनीहरूको ‘चटकी’ चिन्न आग्रह गरेका छन्।

प्रकाशित मिति: २६ असार २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com