काठमाडौं ।  कलाकार केदार घिमीरे ‘माग्ने बुढा’ले गुरु पूर्णिमाको अवसरमा चलचित्रकर्मी दीपकराज गिरीप्रति सम्मान व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत घिमीरेले दीपक गिरीलाई आफूले चलचित्रसम्बन्धी ज्ञान प्राप्त गर्ने महत्वपूर्ण गुरुको रूपमा स्मरण गरेका हुन्।

“जिन्दगीमा धेरै शीप सिकियो, सिकेको भन्दा सिक्न बाँकी धेरै छन्,” भन्दै उनले लेखेका छन्, “मलाई कथा, पटकथा, संवाद लेखन एवम् चलचित्रसम्बन्धी धेरै कुरा सिकाउनुहुने मेरा गुरु दीपक दाइ लगायत बाँकी गुरुहरू सबैलाई गुरु पूर्णिमाको शुभकामना अर्पण गर्दछु।”

advertisement

उनले बाल्यकालदेखि विभिन्न जीवनपाठ परिवारका सदस्य, छिमेकी, शिक्षक, खेल प्रशिक्षक र अभिनय शिक्षकहरूसँग सिकेको उल्लेख गर्दै सबैप्रति आभार व्यक्त गरेका छन्।

गुरु पूर्णिमाको अवसरमा उनले लेखेका सन्देशले शिक्षक र मार्गदर्शकप्रति कृतज्ञता व्यक्त गर्दै सबैलाई सम्मान दिनुपर्ने सन्देश दिएको छ।

प्रकाशित मिति: २६ असार २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com