काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले शुक्रबार कार्यपालिका बैठक डाकेका छन्। मेयर शाहले बैठक शुक्रबार दिउँसो २ बजेका लागि तय गरेका हुन्।
मेयरको सचिवालयका अनुसार कार्यपालिका बैठकअघि बिहान १२ बजे बजेट स्रोत अनुमान तथा सीमा निर्धारण समितिको बैठक बस्ने कार्यक्रम छ।
महानगरले यही बैठकमार्फत नगर सभाको मिति तोक्ने र चालू आर्थिक वर्षको असार मसान्तभित्र नै बजेट पारित गर्ने तयारी गरेको छ।
महानगरका अनुसार, निर्धारित समयमै बजेट प्रस्तुत र पारित गर्न कार्यपालिका बैठक महत्वपूर्ण रहनेछ।
प्रकाशित मिति: २६ असार २०८२, बिहिबार













प्रतिक्रिया