काठमाडौं । काठमाडौंको बौद्धमा भएको आगलागीमा परेर एक व्यक्तिको ज्यान गएको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) अपील राज बोहराका अनुसार बौद्धस्थित एक घरको कोठामा आगलागी भएको र सोही घटनामा परेर एक जनाको मृत्यु भएको हो।
मृतकको नाम अहिलेसम्म सार्वजनिक गरिएको छैन। प्रारम्भिक जानकारीअनुसार उनी शारीरिक रूपमा अशक्त रहेको र कोठामा आगलागी भएपछि बाहिर ननिस्कँदा जलेर मृत्यु भएको एसपी बोहराले बताए।
घटनाको विस्तृत विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ। आगलागीको कारण खुल्न बाँकी छ भने थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २६ असार २०८२, बिहिबार













प्रतिक्रिया