काठमाडौं। सङ्घीय संसद्को राष्ट्रियसभा बैठक आज अपराह्न १२ः१५ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्दैछ। बैठकमा विभिन्न महत्वपूर्ण विषयमाथि छलफल हुने तयारी गरिएको सचिवालयले जनाएको छ ।

बैठकको कार्यसूचीअनुसार सांसदहरू सुमित्रा बिसी, उर्मिला अर्याल र कमला पन्तलगायतले दर्ता गराएको ‘ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउन विशेष व्यवस्था गर्नुपर्ने’ भन्ने जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुने छ।

advertisement

त्यसैगरी, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘जलस्रोत विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ। उक्त विधेयक प्रतिनिधिसभाबाट सन्देशसहित राष्ट्रियसभामा जान लागेको हो।

साथै, गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ।

प्रकाशित मिति: २७ असार २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com