काठमाडौं । गुल्मीको जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२ अनुसार जिल्लाका दुई सयभन्दा बढी स्थान बाढी र पहिरोको जोखिममा रहेका छन् । अहिलेको वर्षातमा २२ हजार नागरिक प्रभावित हुने अनुमान जिल्ला विपद् व्यावस्थापन समिति गुल्मीको रहेको छ ।

मुसिकोट नगरपालिकाका १० स्थान बाढी र १६ स्थान पहिरोको जोखिममा छन् । मुसिकोटको समुन्द्रे, कालिरह लगायत बडिगाड नदी किनार बाढीको जोखिममा छन् भने सिम्ले, तोलादी, दजाकोट लगायतका स्थान पहिरोको जोखिममा रहेको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

advertisement

विसं। २०६४ र २०८१ मा गरेर मुसिकोटमा पहिरोबाट १० जनाले ज्यान गुमाएका छन् । मालिकाका नौ स्थान बाढीको जोखिममा छन् भने सबै वडा पहिरोको जोखिममा छन् । ती मध्ये १८ स्थानलाई विशेष क्षेत्रको रुपमा राखिएको छ । मालिकाका छल्दीखोला, घमिर खोला, निस्ती र दुनाम खोला किनार बाढीको जोखिममा छन् भने नेटा, म्याला, जुकेना र आठमिरे लगायतका स्थान पहिरोको उच्च जोखिममा रहेका छन् ।

गत वर्ष पहिरोले मालिकाका एकै परिवारका पाँच जनाको ज्यान गएको थियो । विभिन्न वडामा करिव एक सय घर परिवार विस्थापित भएका थिए । सत्यवति गाउँपालिकामा मुख्य नौ स्थान बाढीपहिरोको जोखिममा रहेका छन् ।

प्रकाशित मिति: २७ असार २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com