काठमाडौं । काठमाडौंबाट ताप्लेजुङ गएको जहाज अवतरण हुन नसकेपछि पुनः काठमाडौं फर्किएको छ । नियमित उडान तालिका अनुसार शुक्रबार बिहान आएको जहाज सुकेटार विमानस्थलमा अवतरण हुन नसकेपछि पुनः काठमाडौं फर्किएको हो ।
हुस्सु–कुहिरो लागेर भिजिबिलिटी कम भएकाले जहाज अवतरण हुन नसकेको नेपाल वायु सेवा निगम ताप्लेजुङका स्टेसन इन्चार्ज नारायण कुमार कार्कीले जानकारी दिए । बिहान काठमाडौंबाट जहाज उड्ने बेलामा मौसम राम्रै भएको र ल्यान्डिङको समयमा अचानक मौसम परिवर्तन भएकाले जहाज अवतरण हुन नसकेको हो ।
काठमाडौंदेखि ताप्लेजुङका लागि चार जना यात्रु लिएर जहाज उडेको थियो । सुकेटार विमानस्थलमा प्रायः अधिकांश उडानहरू प्रभावित हुने गरेका छन् । जसको प्रत्यक्षमा मारमा जिल्लावासी परेका छन् ।
प्रकाशित मिति: २७ असार २०८२, शुक्रबार













प्रतिक्रिया