काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिवंगत पत्नी सीता दाहालको स्मृति दिवसको अवसरमा बिहीबार रानीवनस्थित मानव सेवा आश्रममा भेटघाट तथा भोजन गराएका छन्।
आश्रम पुगेका प्रचण्डले त्यहाँ आश्रितहरूसँग कुराकानी गर्दै आफैँ उनीहरूसँग भोजन गरेका हुन्।
कार्यक्रममा उनले प्रधानमन्त्री हुँदा हेटौंडामा मानव सेवा आश्रमको केन्द्रीय भवन उद्घाटन गरेको स्मरण गर्दै मानव उद्धारका लागि आवश्यक सवारीसाधन व्यवस्थापनमा सहयाेग गर्ने प्रतिबद्धता जनाएका छन्।
प्रचण्डले मानव सेवा आश्रमले देशभर सञ्चालन गरिरहेका सेवामूलक कार्यक्रमहरूमा सहयोग पु-याउने उल्लेख गर्दै यस्ता मानवीय कार्यहरूले सामाजिक मूल्य र आदर्श प्रवर्द्धन गर्ने बताएका छन्।

प्रकाशित मिति: २७ असार २०८२, शुक्रबार












प्रतिक्रिया