काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा. फणिराज पाठकलाई जिल्ला प्रहरी परिसर, काठमाडौंले सोधपुछका लागि बोलाएको छ।
प्रहरीका अनुसार पाठकलाई पूर्वराजाको सचिवालयको औचित्य र अस्तित्वबारे स्पष्ट पार्न बोलाइएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अपिलराज बोहराले सचिवालयको कानुनी मान्यता नहुँदा त्यसबारे बुझ्न खोजिएको बताए।
“पूर्वराजाको सचिवालयको अस्तित्व स्पष्ट पार्न डा. पाठकलाई बोलाइएको हो। कानुनले यस्तो सचिवालयलाई मान्यता दिएको छैन,” एसपी बोहराले भने।
उनका अनुसार सचिवालयको पछाडिको कानुनी पक्षको अध्ययन गर्न र औपचारिकता परीक्षण गर्न सोधपुछ गरिनेछ।
पूर्वराजा शाहका नाममा पछिल्ला दिनहरूमा सार्वजनिक वक्तव्य तथा गतिविधि भइरहेको सन्दर्भमा प्रहरी प्रशासन सक्रिय देखिएको हो।
प्रकाशित मिति: २७ असार २०८२, शुक्रबार












प्रतिक्रिया