काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा. फणिराज पाठकलाई जिल्ला प्रहरी परिसर, काठमाडौंले सोधपुछका लागि बोलाएको छ।
प्रहरीले पूर्वराजाको सचिवालयको औचित्य र कानुनी वैधता स्पष्ट पार्नुपर्ने आवश्यकता महसुस गर्दै पाठकलाई छलफलका लागि बोलाएको जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) अपिलराज बोहराले भने, “पूर्वराजाको सचिवालयको कानुनी स्थिति प्रस्ट गर्न डा. पाठकलाई आमन्त्रण गरिएको हो। कानुनअनुसार अहिलेको अवस्थामा पूर्वराजालाई सचिवालय राख्ने अधिकार छैन।”
उनका अनुसार प्रहरीको उद्देश्य सचिवालयको संरचना र सञ्चालनबारे कानुनी पक्षको स्पष्टता खोज्नु मात्रै हो। “हामी सचिवालयको अस्तित्वसँग सम्बन्धित कानुनी पाटो बुझ्न चाहन्छौं,” एसपी बोहराले भने।
प्रकाशित मिति: २७ असार २०८२, शुक्रबार












प्रतिक्रिया