काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो राखेर व्यक्तिले लिन सक्ने कर्जाको सीमा बढाएको छ। अबदेखि व्यक्तिगत रूपमा २५ करोड रुपैयाँसम्म सेयर धितो कर्जा लिन सकिनेछ।

गभर्नर विश्वनाथ पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै सेयर धितो कर्जामा लाग्ने सीमा वृद्धिको घोषणा गरेका हुन्।

advertisement

यसअघि एक व्यक्तिले अधिकतम १५ करोड रुपैयाँसम्म मात्र कर्जा लिन पाउने व्यवस्था थियो। अब उक्त सीमा १० करोडले बढाएर २५ करोड रुपैयाँ पुर्‍याइएको हो।

धितो राखिने सेयरको पछिल्लो १८० दिनको औसत मूल्य वा पछिल्लो बजार मूल्य — जुन कम छ, त्यसको ७० प्रतिशतसम्म कर्जा लिन सकिन्छ।

नेपाल राष्ट्र बैंकका अनुसार जेठ मसान्तसम्म सेयर धितोमा १ खर्ब २८ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह भइसकेको छ।

नयाँ मौद्रिक नीतिसँगै सेयर बजारमा थप पूँजी प्रवाह हुने अपेक्षा गरिएको छ, जसले लगानीकर्तालाई सहजता दिने विश्वास गरिएको छ।

प्रकाशित मिति: २७ असार २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com