काठमाडौं । इजराइलले गाजा क्षेत्रमा गरेको ‘नरसंहार’ र इरानमाथिको आक्रमणको विरोधमा नेपालका १२ वटा कम्युनिस्ट पार्टीहरूले काठमाडौंमा संयुक्त विरोध प्रदर्शन गरेका छन्।

शुक्रबार नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, नेकपासहित विभिन्न वाम घटकहरूले राजधानीको शान्तिबाटिकाबाट सुरु भएको विरोध जुलुसमार्फत इजरायली आक्रामकता र साम्राज्यवादविरुद्ध आवाज उठाएका हुन्।

advertisement

प्रदर्शनमा माओवादी केन्द्रका महासचिव देव गुरुङ, नेताहरू लीलामणि पोखरेल, एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव आहुतीलगायत विभिन्न दलका नेता तथा कार्यकर्ताहरू सहभागी थिए।

‘साम्राज्यवादी युद्ध बन्द गर, विश्व शान्ति कायम गर’ भन्ने नारासहित शान्तिबाटिकाबाट सुरु भएको जुलुस जमल, घण्टाघर, बागबजार, पुतलीसडक हुँदै प्रदर्शनी मार्गमा पुगेको थियो, जहाँ समापन सभा आयोजित गरिएको थियो।

इजराइलद्वारा गाजा र इरानमाथि गरिएको आक्रमणको विरोधस्वरूप असार १९ गते माओवादी केन्द्रसहितका वामपन्थी दलहरूको संयुक्त बैठक बसेको थियो। सोही बैठकले काठमाडौंमा संयुक्त रूपमा प्रदर्शन गर्ने निर्णय गरेको थियो।

यस प्रदर्शनमार्फत सहभागी दलहरूले गाजामा भइरहेको मानवीय संकटको अन्तर्राष्ट्रिय रूपमा विरोध गर्न तथा विश्व शान्तिको पक्षमा दृढ ऐक्यबद्धता जनाएका छन्।

प्रकाशित मिति: २७ असार २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com