काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणिराज पाठकलाई प्रहरीले विज्ञप्तिमा ‘श्री ५’ को प्रयोग नगर्ने सर्तमा रिहा गरेको छ।
पाठकले पूर्वराजासम्बन्धी सूचना र विज्ञप्तिहरू ‘श्री ५ महाराजधिराज’ को नाममा सार्वजनिक गर्दै आएका थिए। यही विषयमा जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई सोधपुछका लागि बोलाएको थियो।
शुक्रबार दिउँसो प्रहरीमा उपस्थित भएका पाठकलाई सोही दिन साँझ आवश्यक प्रक्रिया पूरा गरेर परिवारको जिम्मामा रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए।
एसपी बोहराका अनुसार पाठकले अबदेखि ‘श्री ५ महाराजधिराज’ को हैसियतमा कुनै पनि सूचना वा विज्ञप्ति प्रकाशित नगर्ने लिखित प्रतिबद्धता जनाएपछि उनलाई छाडिएको हो।
प्रकाशित मिति: २७ असार २०८२, शुक्रबार












प्रतिक्रिया