काठमाडौं । बैतडीको पाटन नगरपालिका–६ स्थित खिपालीमा जिप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन् ।
मृत्युु हुनेमा अन्दाजि २४ जिप चालक सन्तोष बोहरा र ३२ वर्षीया किरण बोहरा रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी बलराम पाण्डेले जानकारी दिए ।
धनगढीबाट दार्चुलाको गन्ना जाँदै गरेको सुप प्र ०४–००१ ज १३७२ नम्बरको जिप खिपालीमा सडकबाट चिप्लिएर भिरमा खसेको थिायो ।
दुर्घटनामा डिलासैनी गाउँपालिका निवासी २५ वर्षीय हेमन्त प्रसाद भट्ट, ५२ वर्षीया कुल्मा धामी, २७ वर्षीय राजेन्द्र खत्री, २१ वर्षीया भागरथी खत्री, उनकी २ वर्षीया छोरी एलिसा खत्री, ३९ वर्षीय रामकुमार राना घाइते भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २८ असार २०८२, शनिबार













प्रतिक्रिया