काठमाडौं । पहिरोले सडक मुनिको पर्खाल भत्किँदा अवरुद्ध भएको कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत–जुम्ला सडक एक साता पछि खुलेको छ । पहिरोले रोकिएका ठूला मालबाहक गाडी गन्तव्यतर्फ लागेको कालिकोटका प्रहरी प्रमुख टेक बहादुर रावतले जानकारी दिए ।

‘पहिरोले सडक मुन्तिरको पर्खाल पुरै भत्किएको थियो,’ उनले भने, ‘साना गाडी त पास भएकै थिए । ठूला गाडी एकसाता देखि रोकिएका थिए ।’

advertisement

उनले सडक डिभिजन कार्यालय जुम्लाले सडक माथितिर चट्टान फुटाउन २ वटा ब्रेकर मेसिन लगाउँदा पनि बाटो नखुलेपछि शुक्रबार कम्प्रेसर मेसिनले होल खोपेर नेपाली सेनाले विस्फोट गरेर सडक खुलाइएको जानकारी दिए ।

शुक्रबार सेना र प्रहरीको टोलीले विस्फोट गरेपछि ठूला गाडी पनि चल्ने भएका छन् । प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले भने, ‘कर्णालीमा एउटै ढुङ्गा फुटाउन करोड खर्च हुने अवस्था छ ।’

साना गाडीलाई पास गर्ने साँगुरो ट्याग बने पनि ठूला यात्रुबाहक बस, निर्माण सामग्री र खाद्यान्न बोकेर आएका ट्रक ताडी, पिली, वाली, गाल्जे र नाग्मा बजार लगायतका ठाउँमा रोकिएका थिए । तीन साताअघि पनि यही ठाउँमा पहिरो जाँदा सडक डिभिजन कार्यालय जुम्लाले पर्खाल लगाएर सुचारु गरेको सडक पुनस् भत्किएपछि ठूला गाडी रोकिएको तिलागुफा नगर उप–प्रमुख महेन्द्र बहादुर शाहीले बताए ।

आर्थिक वर्ष सकिने बेला जुम्ला र मुगुका लागि निर्माण सामग्री बोकेर आएका ट्रक कालिकोटको ताडी, बालीलगायतका ठाउँमा रोकिएको व्यवसायी रतन महताराले बताए ।

 

प्रकाशित मिति: २८ असार २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com