झापा । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली दुईदिने झापा र इलाम भ्रमणका लागि आज गृहजिल्ला झापा आएका छन्।

शनिबार बिहान ११ बजे चन्द्रगढी विमानस्थलमा प्रधानमन्त्री ओलीको स्वागतमा नेकपा एमाले कोशी प्रदेश इञ्चार्ज शेरधन राई, मुख्यमन्त्री हिक्मतकुमार कार्की, प्रदेश अध्यक्ष घनश्याम खतिवडा, जिल्ला अध्यक्ष प्रेम गिरीलगायत पार्टीका वरिष्ठ नेताहरू उपस्थित थिए।

advertisement

नेकपा (एमाले) झापा अध्यक्ष प्रेम गिरीका अनुसार प्रधानमन्त्री ओली आज र भोलि झापा तथा इलामका विभिन्न कार्यक्रमहरूमा सहभागी हुनेछन्।

आजै प्रधानमन्त्री ओलीले झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्घाटन गर्नेछन्। त्यसपछि कन्काई नगरपालिकामा आयोजित विशेष समारोहमा भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बस्तीका परिवारलाई जग्गाको धनीपूर्जा वितरण गर्ने कार्यक्रम तय गरिएको छ।

त्यसैगरी, ओलीले आजै इलाम जिल्लाको माई नगरपालिकामा पनि भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई धनीपूर्जा वितरण गर्नेछन्। साथै, माई नगरपालिकामा निर्मित नगर अस्पतालको पनि उद्घाटन गर्ने कार्यक्रम छ।

आइतबार (असार २९) प्रधानमन्त्री ओलीले दमक नगरपालिका अन्तर्गत कृष्ण मन्दिरबाट उत्तरपूर्वतर्फ जोडिने मदनडाँगी–ताराबारी–डिपो सडकखण्डको उद्घाटन गर्नेछन्। त्यसपछि बिर्तामोडस्थित सिटीसेन्टरमा आयोजना गरिने एमाले कार्यकर्ता भेलालाई सम्बोधन गरेपछि उनी काठमाडौं फर्किने कार्यक्रम रहेको जिल्ला अध्यक्ष गिरीले जानकारी दिए।

प्रकाशित मिति: २८ असार २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com