झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका–बुधबारेस्थित भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको आज एक विशेष समारोहबीच उद्घाटन गरेका छन्। नेपालकै पहिलो तत्कालीन प्रधानपञ्च भागीरथा न्यौपानेको नाममा स्थापना गरिएको यो अस्पताल १० शय्याको आधारभूत स्वास्थ्य संस्था हो, जसले दैनिक करिब ४ सय सेवाग्राहीलाई उपचार सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले अस्पताल स्थापना गर्न जग्गा दान गर्ने न्यौपाने परिवारप्रति कृतज्ञता व्यक्त गर्दै, सामाजिक सेवामा लाग्न पुराना पुस्ताका आदर्श व्यक्तित्वहरूबाट प्रेरणा लिन सबैमा आह्वान गरे। “मर्दा कोही पनि केही लिएर जान्न सक्दैन,” उनले भने, “भागीरथाजस्ता सामाजिक योगदानकर्ताको बाटो पछ्याएर समाजसेवामा लाग्नु आवश्यक छ।”

advertisement

प्रधानमन्त्री ओलीले अस्पतालको सेवा र पूर्वाधार विस्तारका लागि संघीय सरकारबाट आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि जनाए।

प्रधानमन्त्री ओली दुईदिने झापा–इलाम भ्रमण अन्तर्गत विभिन्न विकास तथा सामाजिक कार्यक्रमहरूमा सहभागी हुँदै छन्।

प्रकाशित मिति: २८ असार २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com