काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्तीका अवसरमा समस्त साहित्यप्रेमी स्रष्टाहरूलाई शुभकामना व्यक्त गरेका छन्।

प्रधानमन्त्री ओलीले आइतबार सामाजिक सञ्जालमार्फत सन्देश दिँदै आदिकवि भानुभक्तप्रति श्रद्धाञ्जली अर्पण गर्दै सबै नेपालीहरूलाई भानुजयन्तीको हार्दिक शुभकामना दिएका हुन्।

advertisement

सन्देशमा उनले लेखेका छन्, “आज आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती—त्यो महान व्यक्तित्व, जसले नेपाली भाषामा रामायण लेखेर सम्पूर्ण नेपाली हृदयमा गहिरो छाप छोड्नुभयो। उहाँले नेपाली भाषा र भावनालाई एकताको सूत्रमा बाँध्नुभयो। नेपाली साहित्यमा आदिलेखनको शुभारम्भ गर्ने भानुभक्तप्रति श्रद्धापूर्वक नमन, समस्त स्रष्टा वर्गलाई भानुजयन्तीको हार्दिक शुभकामना।”

यसै अवसरमा आज देशभर विभिन्न साहित्यिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती श्रद्धापूर्वक मनाइँदै छ।

प्रकाशित मिति: २९ असार २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com