काठमाडाैं । मोरङको बेलबारी नगरपालिका–८ बाँसबारीमा हात्तीको आक्रमणबाट एक महिलाको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार ४५ वर्षीया अमिना राजवंशीको उपचारका क्रममा मृत्यु भएको हो। अमिनासँगै ३५ वर्षीया बन्दना राजवंशी पनि खेतमा पानी लगाउन गएका बेला हात्तीले आक्रमण गरेको थियो।
पैनीबाट पानी ल्याउने क्रममा अचानक हात्ती आक्रमण गर्दा अमिना गम्भीर घाइते भएकी थिइन्। उनलाई तत्काल उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लगिएको थियो, तर उपचारको क्रममा उनको ज्यान गएको हो।
घटनामा बन्दना भने भागेर ज्यान जोगाउन सफल भएकी छन्। स्थानीय बासिन्दाका अनुसार सो क्षेत्रमा पछिल्लो समय जंगली हात्तीको गतिविधि बढ्दै गएको छ।
प्रकाशित मिति: २९ असार २०८२, आइतबार












प्रतिक्रिया