काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिका पुनः सैन्य सहयोग सुरु गर्न तयार भएको बताएका छन्। केही समयअघि महत्त्वपूर्ण हतियारको आपूर्ति रोकेको अमेरिकाले हाल पुनः सैन्य सामग्री पठाउने निर्णय गरेको हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एनबीसी न्यूजलाई दिएको अन्तरवार्तामा आफूले नेटो (NATO) सँग विशेष समझदारी गरेको खुलासा गरेका छन्। उक्त समझदारीअनुसार युक्रेनले अमेरिकी ‘प्याट्रियट वायु रक्षा प्रणाली’ गठबन्धनमार्फत प्राप्त गर्नेछ।
रुसले युक्रेनमाथि बढाउँदै लगेको हवाई आक्रमणका कारण युक्रेनी सुरक्षा प्रणालीमाथि गम्भीर चुनौती देखिएको बेला अमेरिका र नेटोको यो निर्णय आएको हो।
राष्ट्रपति जेलेन्स्कीले यसअघि हतियार आपूर्ति रोकिने हो भने युक्रेनको रक्षा प्रणाली कमजोर हुने भन्दै चिन्ता व्यक्त गरेका थिए। नयाँ आपूर्तिले युक्रेनको सुरक्षा क्षमता पुनः सुदृढ हुने विश्वास व्यक्त गरिएको छ।
प्रकाशित मिति: २९ असार २०८२, आइतबार













प्रतिक्रिया