काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले पार्टीले गरेको कारबाही सम्बन्धी सक्कल कागजात पेश गर्न आदेश दिएको छ।
आइतबार न्यायाधीश हरिप्रसाद नित्यानन्द पाण्डेयको इजलासले उक्त आदेश जारी गरेको हो। अदालतले रास्वपालाई ढकालमाथिको कारबाही सम्बन्धी सम्पूर्ण विवरणसहितको सक्कल कपी पेश गर्न भनेको हो।
रास्वपाले आन्तरिक निर्णयअनुसार डा. ढकाललाई महामन्त्री पदबाट निलम्बन गर्दै उनको जिम्मेवारी खोसेको थियो। त्यसविरुद्ध असन्तुष्टि जनाउँदै ढकालले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
यस विषयमा अब अर्को सुनुवाइ हुने तयारी रहेको छ। अदालतको आदेशसँगै रास्वपाले ढकालविरुद्ध गरेका निर्णयहरू अब न्यायिक परीक्षणको दायरामा प्रवेश गरेका छन्।
प्रकाशित मिति: २९ असार २०८२, आइतबार












प्रतिक्रिया