काठमाडौं। इजरायली सेनाले गाजामा पानी लिन गएका बेला इजरायली हवाई आक्रमणमा छ बालबालिकासहित दश जनाको मृत्यु भएको सम्बन्धमा एक विज्ञप्ति जारी गरेको छ।

यस कारबाहीमा एक ‘आतङ्कवादी’ लाई निशाना बनाएको तर गोला बारुद धेरै मिटर टाढा खसेको इजरायली सेनाले भनेको छ । इजरायली सेनाले यसलाई ‘प्राविधिक गल्ती’ बताउँदै सर्वसाधारणलाई भएको कुनै पनि क्षतिप्रति क्षमाप्रार्थी रहेको बताएको छ।

advertisement

गाजाका आपत्कालीन सेवा अधिकारीहरूका अनुसार आइतबार मध्य गाजामा पानी सङ्कलन गर्ने क्रममा इजरायली हवाई आक्रमणमा उनीहरुको मृत्यु भएको थियो । मृतकहरूको शव नुसेरतको अलअवदा अस्पताल पठाइएको थियो, जसलाई अस्पतालका एक डाक्टरले पुष्टि गरेका थिए।

डाक्टरका अनुसार अस्पतालमा १६ जना घाइतेको पनि उपचार गरिएको छ, जसमा सात बालबालिका पनि छन्। प्रत्यक्षदर्शीहरूले अल नुसेरत शरणार्थी शिविरमा पानीको ट्याङ्कर नजिकै मानिसहरू पानी भर्न लाइनमा उभिरहेका बेलामा भीडमा हवाई आक्रमण भएको बताएका छन् ।

 

प्रकाशित मिति: ३० असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com