काठमाडौं । बेलायतको लन्डनस्थित साउथएन्ड विमानस्थलमा एउटा सानो विमान दुर्घटना भएको छ । विमान उडेलगत्तै खसेर आगो लागेको थियो । विमान दुर्घटनामा भएको मानवीय क्षतिको विवरण भने आइसकेको छैन ।
यो दुर्घष्टना पछि अनिश्चितकालका लागि विमानस्थल बन्द गरिएको छ । यात्राका लागि टिकट काटेका यात्रुहरूलाई सम्बन्धित विमान कम्पनीहरुलाई सम्पर्क गर्न भनिएको छ ।
श्रीमती र छोराछोरीसँग विमानको गतिविधि हेर्न विमानस्थल गएका जोनसनले बीबीसीसँग भनेका छन्, ‘उडेको केही सेकेन्डमै विमान झन्डै उल्टो भयो र जमिनमा खस्यो । त्यहाँ ठूलो विस्फोट भयो र धुवाँको मुस्लो देखियो ।’
विमानमा कति जना चढेका थिए र उनीहरुको अवस्था के छ भन्ने अहिले खुलिसकेको छैन । विमान दुर्घटनाको कारण पनि खुलेको छैन । प्रहरीले हवाई दुर्घटना जाँच शाखासँग मिलेर अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रकाशित मिति: ३० असार २०८२, सोमबार













प्रतिक्रिया