काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता घुस डिलसम्बन्धी अडिओ सार्वजनिक भएपछि प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।

सोमबार बिहान करिब १०:४५ बजे मन्त्री गुप्ता प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटका लागि बालुवाटार पुगेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ।

advertisement

भूमि आयोग कास्कीको अध्यक्षमा नियुक्ति मिलाइदिने भन्दै २५ लाख र कास्की मालपोत कार्यालयका तत्कालीन प्रमुखको सरुवा रोक्न ५३ लाख घुसको लेनदेनसम्बन्धी डिल भएको अडिओ सार्वजनिक भएपछि गुप्ता विवादमा तानिएका हुन्।

प्रधानमन्त्री ओलीले अडिओ प्रकरणमा मन्त्री गुप्तासँग प्रत्यक्ष कुरा गर्ने र त्यसपछि आवश्यक निर्णय गर्ने तयारी गरेका छन्। स्रोतका अनुसार प्रधानमन्त्रीले गुप्तालाई राजीनामा दिन सुझाव दिने र अस्वीकार गरे बर्खास्त गर्ने सोच बनाएका छन्।

गुप्ता नेकपा (एमाले) का केन्द्रीय सदस्य र प्रतिनिधिसभा सांसदसमेत हुन्। अडिओ प्रकरण संसद्‍मा समेत गुञ्जिएको छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा यससम्बन्धी उजुरी दर्ता भइसकेको छ।

प्रकाशित मिति: ३० असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com