काठमाडौं ।  राप्रपा नेता ज्ञानेन्द्र शाहीले राजनीतिक नेतृत्वप्रति कटाक्ष गर्दै सरकारको जवाफदेहिता र पारदर्शितामाथि प्रश्न उठाएका छन्।

शाहीले सामाजिक सञ्जाल फेसबुकमार्फत लेख्दै पछिल्ला दिनमा सार्वजनिक भइरहेका अडियो क्लिपहरूप्रति संकेत गर्दै भनेका छन्, “नेतृत्वले जब लाज र जवाफदेहिता बिर्सन्छ, त्यसपछि जनताले अडियोमा नेताका ‘बार्तालाप’ सुनिरहनु पर्छ। अनि त जनताले सोध्छन्-यो देशको सरकार मन्त्रीहरूले चलाउँछन् कि माफियाहरूले?”

advertisement

उनको टिप्पणी पछिल्लो समय सरकारका केही मन्त्रीहरू जोडिएका विवादास्पद अडियो सार्वजनिक भएपछि आएको हो। शाहीको भनाइले जनताबीच देखिएको असन्तोष र सत्तामा मौलाउँदै गएको अव्यवस्थाप्रति संकेत गरेको छ।

प्रकाशित मिति: ३० असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com