काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ र उनकी पत्नीलाई समाजसेवामा योगदान पु¥याएको भन्दै धन्यवाद दिएका छन्। साथै, उनले गुरुङ दम्पत्तीको “दान गर्ने सामर्थ्य झन् वृद्धि होस्” भन्ने शुभकामना समेत व्यक्त गरेका छन्।

सोमबार त्रिवि शिक्षण अस्पतालको विस्तारित सेवा भवन उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले समाजसेवामा संलग्न गुरुङ दम्पत्तीको खुलेर प्रशंसा गरे।
“धेरैले पैसा कमाउँछन्, तर कोही अस्पताल बनाउँछन् भने कोही क्यासिनो जान्छन्,” प्रधानमन्त्रीले भने, “अस्पताल बनाउनेको प्रशंसा गर्छु, क्यासिनो जानेहरू सप्रिउन् भन्छु।”

advertisement

प्रधानमन्त्रीले गुरुङ दम्पत्तीको दानलाई ‘सही ठाउँमा लगानी’ भएको उल्लेख गर्दै त्यसले समाजलाई प्रेरणा दिएको बताए। उनले दान र सञ्चयको सन्तुलनसमेत महत्त्वपूर्ण हुने उल्लेख गर्दै भने, “सबै दान गर्नु हुँदैन, कमाउनु पनि पर्छ, सिञ्चित पनि गर्नुपर्छ र कमाएको केही अंश समाजलाई दिन सक्नुपर्छ।”

उनले सरकार निरोगी नेपाल अभियानमा जुटिरहेको बताउँदै गुरुङले अस्पतालजस्ता पूर्वाधार निर्माणमा सहयोग पुर्‍याउनु सराहनीय भएको उल्लेख गरे।
“सम्पत्ति गुरुङको बढोस्, अस्पताल र स्कुल हाम्रा बनुन्,” भन्दै प्रधानमन्त्री ओलीले अन्त्यमा समाजसेवामा संलग्न सबैलाई प्रेरणा लिन आग्रह गरे।

प्रकाशित मिति: ३० असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com