काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि काम नगरी क्रेडिट लिने प्रवृत्तिको आरोप लगाएका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्री ओलीमा कामको कुनै ठोस उपलब्धि नहुँदै प्रचारबाजीमा रमाउने बानी रहेको टिप्पणी गरे।

advertisement

‘तयारी नपुगेको, काम शुरू नभएको शिलान्यास मात्रै गर्ने, अनि आफ्नो नाम ताम्रपत्रमा कुँदेर प्रचार गर्नैपर्ने ओलीको गजबको बानी देखिएको छ,’ प्रचण्डले भने, ‘काम भइसकेको छैन, तर जस लिन हतार गर्ने प्रवृत्तिले अब जनता झुक्किँदैनन्।’

उनले सरकार नेतृत्वले गरेका दाबी र प्रचारभन्दा विपरीत, राष्ट्रिय गौरवका आयोजनाहरूमा सन्तोषजनक प्रगति नदेखिएको बताए।

‘एक वर्षभित्र ती आयोजना कहाँ पुगे? तथ्य हेर्नुस् अनि थाहा पाउनुहुन्छ—जस लिने खालका काम कति भएका छन्,’ प्रचण्डले भने।

प्रकाशित मिति: ३० असार २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com