काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई थप आधुनिक सैन्य सहायता प्रदान गर्ने घोषणा गरेका छन्।
यद्यपि उनले युक्रेनमा पठाइने हतियारको संख्याबारे विस्तृत जानकारी दिएका छैनन्। ट्रम्पले भने, “हामी युक्रेनलाई आवश्यक पर्ने हतियारहरू उपलब्ध गराउनेछौं।”
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको पछिल्लो संवादप्रति असन्तुष्टि जनाउँदै ट्रम्पले उक्त निर्णय लिएको बताएका छन्।
उनले भने, “पुटिनले धेरैलाई हैरान बनाएका छन्। उनले राम्रा कुरा गर्छन् तर साँझपख सबैमाथि बम खसाल्छन्। यो एक किसिमको समस्या हो, र मलाई यो बिल्कुलै मन पर्दैन।”
ट्रम्पको भनाइअनुसार युक्रेनमाथि रुसी आक्रमणका कारण उनी थप हतियार सहयोग दिन बाध्य भएका हुन्।
प्रकाशित मिति: ३० असार २०८२, सोमबार













प्रतिक्रिया