काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ मन्त्रिपरिषद्को नियमित बैठक सुरु भएको छ। बैठकमा सरकारले हाल गरिरहेको कामकारबाही, नीति-निर्णय र ताजा राजनीतिक परिस्थितिबारे छलफल हुने अपेक्षा गरिएको छ।
बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता पनि सहभागी भएका छन्। कर्मचारी सरुवामा घुस डिलिङसम्बन्धी अडियो प्रकरणमा मुछिएपछि गुप्तामाथि चर्को आलोचना भइरहेको छ।
उक्त विवादले तूल लिँदै जाँदा मन्त्री गुप्तालाई राजीनामा दिनु पर्ने वा प्रधानमन्त्रीले उनलाई बर्खास्त गर्नुपर्ने आवाजसमेत उठिरहेको छ। तर, अहिलेसम्म उनले न त राजीनामा दिएका छन्, न प्रधानमन्त्रीले उनीविरुद्ध कुनै कारबाही गरेका छन्।
गुप्तामाथि कर्मचारी सरुवाका सन्दर्भमा लाखौँ रुपैयाँको लेनदेनसम्बन्धी अडियो सार्वजनिक भएपछि शुद्धाचार र सुशासनको सवालमा सरकार आलोचनाको केन्द्रमा रहेको छ। यसैबीचको मन्त्रिपरिषद् बैठकप्रति राजनीतिक वृत्तको ध्यान खिचिएको छ।
प्रकाशित मिति: ३० असार २०८२, सोमबार












प्रतिक्रिया