काठमाडौं  । अस्ट्रेलियाले वेस्ट इन्डिजसँगको तेस्रो टेस्टमा शानदार जित हात पारेको छ। वेस्ट इन्डिज २७ रनमा रोकिएपछि अस्ट्रेलियाले १७६ रनको जित हात पारेको हो।

अस्ट्रेलियाले पहिलो पारीमा २२५ रन जोडेको थियो। वेस्ट इन्डिजले पहिलो पारीमा १४३ रनको योगफल खडा गरेको हो। अस्ट्रेलिया पनि दोस्रो पारीमा १२१ रनमा सीमित भएको थियो।

advertisement

सो खेलमा १०० औँ टेस्ट खेली रहेका मिचेल स्टार्क छाए। उनले सबिना पार्कमा तेस्रो दिन पहिलो ओभरमा नै तीन विकेट लिए। उनले ४०० टेस्ट विकेट पुरा गरे भने सबै भन्दा छिटो ५ विकेटको सफलताको कीर्तिमान पुरा गरे। ७.३ ओभरमा ९ रन खर्चेर उनले ६ विकेट लिए। स्कट बोल्यान्डले ह्याट्रिक गरे।

वेस्ट इन्डिजका जस्टिन ग्रेभ्सले सर्वाधिक ११ रन जाडे। अन्यले दोहोरो अङ्क छुन सकेनन्। वेस्ट इन्डिजको यो स्कोर टेस्ट इतिहासमै दोस्रो सानो स्कोर हो।यसअघि सन् १९५५ मा इङ्गल्यान्डले न्युजिल्यान्डलाई २६ रनमा सीमित गरेको थियो।

स्टार्कको घातक स्पेल भन्दा अघि अस्ट्रेलियाको पारीमा वेस्ट इन्डिजका बलर अलमारी जोसेफ छाएका थिए। उनले २७ रन खर्चेर ५ विकेट लिएका थिए। जोसेफ र समार मिलेर अस्ट्रेलियाको अन्तिम ९ विकेट २२ रनको अन्तरमा लिए।

जितसहित अस्ट्रेलियाले तीन खेलको शृङ्खलामा क्लिन स्विप गरेको छ। मिचेल स्टार्क म्यान अफ द म्याच र म्यान अफ द सिरिज घोषित भए।

प्रकाशित मिति: ३१ असार २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com