काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाटो देशमार्फत युक्रेनलाई एकदमै शक्तिशाली हतियार पठाउने बताएका छन्। साथै उनले रुस ५० दिन भित्रमा शान्ति वार्ताका लागि तयार नभएमा रुसी सामानमा कडा करको नीति पनि लिने बताएका छन्।

‘हामीले युक्रेनको यसो गर्न चाहेमा गर्न सक्छ भन्ने प्रमाणित गर्नु छ,’ नाटो प्रमुख मार्क रुटसँग वासिङ्टनमा भएको भेटमा उनले भने।

advertisement

अमेरिकाले नाटो मार्फत हतियार पठाउने चाहेको कुरा रुटले स्वीकार गरे। युरोपेली देशले नै युक्रेनलाई प्याट्रियक एयर डिफेन्स सहयोग गर्ने भइसकेका छन्। यसले रुसले गर्ने भीषण आक्रमणबाट बचाउने अपेक्षा गरिएको छ।

ट्रम्प र युरोपेली नेताको बीचमा मिसाइल र गोला बारुदको विषयमा पनि वार्ता भएको छ। ट्रम्पले यस ‘टप अफ द लाइन हतियार’को व्ययभार बिलियन डलर भए पनि युद्ध मैदानमा भएकाका लागि सहयोग गर्ने बताए।

युक्रेनी राष्ट्रपति भालाडोमिर जेलेन्सकीले ट्विटर (x)मा पोस्ट गर्दै रुटसँगको बैठकपछि उनको ट्रम्पसँग कुरा भएको बताउँदै युक्रेनलाई सहयोग गर्दै मान्छे मर्नेक्रम रोक्ने चाहना राखेकोमा धन्यवाद दिएका छन्।

रुसी आक्रमणबाट बच्दै त्यहाँका बासिन्दाको ज्यान जोगाउने विषयमा ट्रम्पसँगको वार्ता केन्द्रित भएको उनले बताए। ट्रम्पले ५० दिन भित्रमा रुस वार्ता र शान्तिका लागि तयार नभएमा रुसका व्यापारिक साझेदारलाई लक्षित गर्दै शतप्रतिशतसम्म सेकेन्डरी ट्यारिफको निर्णय गर्ने बताएका छन्।

उदाहरणका लागि भारतले रुसबाट तेल खरिद गरिरहेमा भारतीय सामानमा अमेरिकामा थप १०० प्रतिशत आयात करा लगाइने छ। यो नीतिले मस्कोमा सामान निर्यात गरेर हुने आम्दानीलाई घटाउने र हतियारमा खर्च गर्ने रकमको अभाव हुने ट्रम्पको विश्वास छ।

प्रकाशित मिति: ३१ असार २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com