काठमाडौं ।  कैलालीमा हातहतियारसहित तीन जना पक्राउ परेका छन् ।

भजनी नगरपालिका-९ आमबाडीबाट हातहतियार, गोलीगठ्ठा र जंगली जनावरका अंगसहित तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले जानकारी दिए ।

advertisement

उनकाअनुसार पक्राउ पर्नेमा भजनी नगरपालिका–९ का ५० वर्षीय दिलीप कार्की, उनका २२ वर्षीय छोरा विकास कार्की र सोही वडाका ३० वर्षीय सुरेश विक रहेका छन् । उनीहरूलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय भजनीमार्फत आवश्यक अनुसन्धान अघि बढाइएको डीएसपी सिंहले बताए ।

विशेष सूचनाको आधारमा सोमबार दिउँसो पक्राउ गरिएका उनीहरुको साथबाट एउटा पेस्तोल, ११ राउण्ड गोली, एक थान म्यागजिन, ०.२२ बोरको (हर्नेट) नवीकरण नभएको राइफल, २४ राउण्ड गोली, एउटा  कटुवा पेस्तोल, एउटा भरुवा बन्दुक,  भरुवा बन्दुकको घोडा एक थान, एक डिब्बा छर्रा,  दुई गुच्छा मयुरको प्वाँख, तीनवटा जरायोको सिङ बरामद गरिएको छ ।

प्रहरीका अनुसार उनीहरूमाथि हातहतियार ऐन र वन्यजन्तु संरक्षण ऐनअन्तर्गत आवश्यक अनुसन्धान अगाडि बढाइएको छ ।

बरामद सामग्रीको प्रकृति हेर्दा संगठित आपराधिक गिरोहसँग सम्भावित संलग्नताबारे समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ३१ असार २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com