काठमाडौं ।  महिलाहरूलाई कुवेत लैजाने भन्दै बेचबिखनका लागि भारत पुर्‍याएको आरोपपछि फरार रहेकी एक महिला आठ वर्षपछि पक्राउ परेकी छन्।

२०७४ साल वैशाख ७ गते रूपन्देहीका २ जना र एकजना प्यूठानकी महिलालाई कुवेत लैजाने भन्दै भारत पु¥याएकी बुटवल उपमहानगरपालिका वडा नम्बर ११ न्यु दुर्गा नगर बस्ने ४६ वर्षीय विष्णुमाया शर्मा परियारलाई प्रहरीले सोमबार पक्राउ गरेको हो।
आठ वर्षसम्म फरार रहेकी परियारलाई सोमबार दुर्गा नगर घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए। राम्रो कामको लागि कुवेत पठाउने भन्दै फकाइ फुलाई भारत पुर्‍याएपछि ती महिलाहरूले परियारमाथि आशंका गरेका थिए।

advertisement

परियारले नेपालबाट भन्दा भारतबाट कुवेत जान सहज हुने भन्दै महिलाहरूलाई आश्वस्त पारेकी थिइन्। तर भारतमा पुगेपछि आफूहरूलाई बेचबिखन वा गलत क्रियाकलापका लागि ल्याइएको आशंका गरी उनीहरू मानव बेचबिखनको क्षेत्रमा कार्यरत के आई नेपालको सम्पर्कमा पुगेका थिए।

उनीहरूलाई २०७४ सालमै के आई नेपाल र नेपाल प्रहरीको सहयोगमा भारतबाट उद्धार गरिएको थियो। नेपाल आएपछि ती महिलाहरूले आफूहरूलाई कुवेत लैजाने भन्दै बेचबिखनका लागि भारत पु¥याएको भन्दै परियारविरुद्ध प्रहरीमा उजुरी दिएका दिए।

उनीहरूको उजुरीपछि परियारको खोजी गरिरहेको प्रहरीले आठ वर्षसम्म उनलाई पक्राउ गर्न सकेको थिएन। खोजीकै क्रममा सोमबार आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा परियारलाई फेला पारेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए। पक्राउ परेकी परियारलाई इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा राखी थप अनुसन्धान सुरू गरिएको कार्कीले जानकारी दिए।

प्रकाशित मिति: ३१ असार २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com