काठमाडौं । पहिरो र लेदो पन्छाएपछि  वीपी राजमार्गको अवरोध हटेको छ । गएराति अवरुद्ध भएको सडक आज बिहान ८ः३५ बाट पुन सञ्चालनमा आएको प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।

कार्यालयका अनुसार काभ्रेको रोशी गाउँपालिका–११ माम्तीस्थित सडकमा भेलबाढी आई कटान गरी सडक अवरुद्ध भएको थियो । यस्तै उक्त राजमार्गको रोशी– ९ स्थित खहरे खोला र विरुवाडाँडामा लेदो आई गए राति सडक अवरुद्ध भएको थियो ।

advertisement

स्थानीय जनप्रतिनिधिको समन्वय र प्रहरीको सहयोगमा सडक खुलाइएको हो ।  जेसिभी प्रयोग गरी लेदो हटाएर दुइतर्फी नै यातायात सञ्चालनमा ल्याइएको हो ।

प्रकाशित मिति: ३१ असार २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com