काठमाडौं । संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक आज  दिउँसो १:१५ बजे बस्ने भएको छ। बैठकका लागि संसद सचिवालयले कार्यसूची सार्वजनिक गर्दै दुई महत्वपूर्ण विधेयकमाथि छलफलको तयारी भएको जनाएको छ।

बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘निजामती सेवा विधेयक’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यक्रम छ। उक्त विधेयकमा विवादास्पद ‘कुलिङ अफ पिरियड’ व्यवस्था हटाउने वा सच्याउने अपेक्षा गरिएको छ।

advertisement

मन्त्री गुप्ताले कर्मचारी सरुवा र नियुक्तिमा ७८ लाख रुपैयाँ घुस मागेको अडियो सार्वजनिक भएपछि उनीमाथि चौतर्फी दबाब छ। सत्ता पक्ष र प्रतिपक्ष दुबैका सांसदहरूले उनको राजीनामा माग गरिरहेका छन् भने प्रधानमन्त्रीबाट बर्खास्त हुने सम्भावनाको चर्चा भइरहे पनि सोमबारको मन्त्रिपरिषद् बैठकमा गुप्ता सहभागी भएका थिए। उनले अहिलेसम्म कुनै जिम्मेवारीबाट अलग हुने संकेत दिएका छैनन्।

त्यसैगरी, बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले ‘जलस्रोत विधेयक, २०८१’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव पेश गर्ने कार्यक्रम पनि रहेको संसद सचिवालयले जनाएको छ।

विवादित मन्त्रीको उपस्थितिबीच संसद बैठक तनावपूर्ण हुन सक्ने अनुमान गरिएको छ भने विधेयकहरूमा छलफलका क्रममा तीव्र बहस हुने सम्भावना पनि उच्च रहेको छ।

प्रकाशित मिति: ३१ असार २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com