काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले मंगलबारको प्रतिनिधिसभा बैठकमा उभिएर कडा विरोध जनाएका छन्। बैठक सुरु हुनासाथ सभामुख देवराज घिमिरेले कार्यसूची पढ्न लाग्दा दुबै दलका सांसदहरू उठेर आक्रोश व्यक्त गरेका थिए।

विरोधपछि सभामुख घिमिरेले रास्वपाका सांसद शिव नेपालीलाई बोल्ने समय दिए। सांसद नेपालीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको राजीनामाले मात्रै नपुग्ने टिप्पणी गर्दै उनी संलग्न भनिएको घुस प्रकरणमा गहिरो छानबिन आवश्यक रहेको धारणा राखे।

advertisement

“मन्त्री गुप्ताले राजीनामा दिएर केही हदसम्म नैतिक जिम्मेवारी लिएका छन्,” नेपालीले भने, “तर, गृहमन्त्री रमेश लेखकमाथि पनि प्रश्न उठिरहेका बेला उनी अझै पदमै बसेका छन्, जुन पद लोलुपताको संकेत हो।”

नेपालीले गृहमन्त्री लेखकलाई लक्षित गर्दै सोधे, “गुप्ताले राजीनामा दिन सके, गृहमन्त्री कहिले राजीनामा दिनुहुन्छ?”

रास्वपा–राप्रपाले सरकारका मन्त्रीहरू घुस प्रकरणमा मुछिँदा पनि सरकारको मौनता र दोषीको संरक्षणप्रति गम्भीर असन्तोष जनाएका छन्। संसदभित्रै सरकारलाई घेराबन्दी गर्ने रणनीतिमा ती दलहरू देखिएका छन्।

 

प्रकाशित मिति: ३१ असार २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com