काठमाडौं । अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले नेपाल बीमा प्राधिकरणको अध्यक्षका रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। पोखरेलले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष शपथ लिएका हुन्।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिव पोखरेललाई अर्को व्यवस्था नहुँदासम्मका लागि नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो।

advertisement

यसअघि प्राधिकरणका तत्कालीन अध्यक्ष शरद ओझाविरुद्ध नक्कली कागजात प्रयोग गरी पद हासिल गरेको आरोप लागेपछि मन्त्रिपरिषद्ले छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको थियो।

बीमा ऐन, २०७९ को दफा १२ को उपदफा २ अनुसार गठित तीन सदस्यीय छानबिन समितिको नेतृत्व पूर्व उच्च अदालतका न्यायाधीश कृष्ण गिरीले गरिरहेका छन्। समितिमा बीमा विज्ञ कपिल ओली र एकजना अर्थशास्त्री सदस्य रहेका छन्।

छानबिन समिति गठनसँगै शरद ओझाको पदप्रति गम्भीर प्रश्न उठेका छन् भने पोखरेलको नियुक्तिसँगै प्राधिकरणको नेतृत्व अस्थायी रूपमा सहसचिवस्तरको जिम्मामा पुगेको छ।

प्रकाशित मिति: ३१ असार २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com